नेपाली भाषामा लडाई चलिरहेको छ: अधिकारी
प्रेस क्लबले उत्कृष्ट फिचर लेख्ने पत्रकारलाई नगद सहित सम्मान गर्ने
पाेखरा | असार ८, २०८१
पोखरा: गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दै अधिकारीले सो कुरा बताएका हुन्।
उनले भने , भाषामा व्याकरण विदहरुले अराजतकता भएको टिप्पणी गर्छन् । तर, अराजकताले कहिलेकाही नयाँ कुरा पनि निकाल्ने बताए । प्रदेश संघ र स्थानीय सरकार जनप्रतिनिधिसगँ जनताको अपेक्षा धेरै रहेको भन्दै जनताले अहिले आक्रोस पोख्नु स्वभावीक हो । तर आफु अहिले काम वाटै उनीहरको आक्रोसको जवाफ दिने गरेको छु । ”
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकार महासंघ केन्द्रले आगामी निवार्चनको मिति घोषणा गरीसकेको भन्दै समयमै निवार्चन गर्नु पर्ने बताए । सरकारको कार्यक्रम योजनाहरु समयमै सम्पन्न गर्ने गरी लाग्नु पर्ने उनको जोड थियो ।
पत्रकार महासंघक कास्कीका सचिव माधव वरालले भाषा शैली सम्वन्धीको तालिमले पत्रकारहरुलाई सधै सजिलो हुने बताए ।
उत्कृष्ठ फिचर लेख्ने पत्रकारलाई नगद सहित सम्मान गरिने
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले प्रेस क्लब गण्डकीले विभिन्न क्षेत्रमा सामुहिक वहस मुलक कार्यक्रम देखि पर्यटकीय क्षेत्रहको प्रचार प्रसार गर्न कार्यक्रमहरु संचालन गर्दे आइरहेको बताए ।
उनले क्लबको स्थापना दिवसको अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट रुपमा कार्य गरेका संस्था वा व्यक्तिलाई नगद ५० हजार सहित सम्मान गर्ने बताए । आगामी दिनहरुमा ५० हजारको फिचर लेखन कार्यक्रम समेत संचालन गर्ने क्लबको योजना रहेको बताए ।
तालिममा पोखराका क्रियाशिल नयाँ तथा पुराना पत्रकाहरुको सहभागीता रहेको थियो । पत्रकारितामा फिचर लेखन र भाषा शैली वारे अग्रज पत्रकार केशवशरण लामिछाने र वासुदेव मिश्रले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीहरु मध्ये उत्कृष्ट फिचर लेख्ने एक पत्रकारलाइृ आगामी साता नगद १० हजार सहित सम्मान गरिने क्लबका सचिव गौरव त्रिपाठीले जानकारी दिए ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

